नेपालले यूएईलाई दियो १९२ रनको लक्ष्य, म्याच जिते यू–१९ विश्वकपमा – Nepal Press

नेपालले यूएईलाई दियो १९२ रनको लक्ष्य, म्याच जिते यू–१९ विश्वकपमा

काठमाडौं । यू–१९ विश्वकपमा स्थान सुरक्षित गर्ने निर्णायक म्याचमा नेपालले आयोजक टोली यूएईलाई १९२ रनको मध्यम लक्ष्य दिएको छ । नेपालका लागि कप्तान देव खनालले महत्वपुर्ण अर्धसतक बनाए ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपाल १९१ रनमा समेटिएको हो । खराब सुरुवात गरेको नेपाललाई मध्यक्रमका ब्याट्सम्यानहरुले राहत दिएका थिए । कप्तान खनालले ८४ रनमा सर्वाधिक ५१ रन बनाएर आउट भए ।

१९ रनमै तीन विकेट गुमाइसकेको अवस्थामा खनालसहित उत्तम रंगु थापामगर र विशाल विक्रम केसीले नेपाललाई सम्हालेका थिए । उत्तमले ३६ र विशालले ३८ रनको योगदान दिए ।

यद्यपि, यूएईले अन्तिमसम्म कसिलो बलिङ गर्दै नेपाललाई २०० रनमा पुग्न दिएन । यूएईका लागि ध्रुव परासरले तीन विकेट लिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर