गठबन्धनमा जनमतले माग्यो उपप्रधानसहित दुई मन्त्रालय – Nepal Press

गठबन्धनमा जनमतले माग्यो उपप्रधानसहित दुई मन्त्रालय

मन्त्री खान भन्छन्- उपप्रधानमन्त्रीमा सिके राउत जान सक्नुहुन्छ

काठमाडौं । आठ दलीय गठबन्धनमा जनमत पार्टीले उपप्रधानसहित दुई मन्त्रालयको दाबी गरेको छ।

राष्ट्रपतिमा रामचन्द्र पौडेललाई समर्थन गर्ने ८ दलले सांसदलाई प्रशिक्षण कार्यक्रममा सहभागी हुन पुगेका खानेपानीमन्त्री अब्दुल खानले आफूहरुले उपप्रधानसहित दुई मन्त्रालय पाउने दाबी गरे।

उनले भने, ‘गठबन्धनमा हामीले दुई मन्त्रालय पाउँछौं। उपप्रधानसहित उहाँहरुले पहिलाजस्तो झुक्याउनुहुन्न। अहिले उहाँहरु इमान्दारी राजनीतिमा आउनुभएको छ।’

उनले उपप्रधानमन्त्रीमा पार्टी अध्यक्ष डा. सिके राउत जाने सम्भावना रहेको बताए। यसअघि सात दलीय गठबन्धनमा उद्योग मन्त्रालय मागेपनि खानेपानी मन्त्रालय दिएपछि लामो समयपछि मात्रै स्वकारेको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर