सन्दीपले लिए नेपालका लागि दोस्रो विकेट – Nepal Press

सन्दीपले लिए नेपालका लागि दोस्रो विकेट

काठमाडौं । यूएईविरुद्धको एकदिवसीय म्याचमा नेपाललाई दोस्रो सफलता प्राप्त भएको छ । स्पिनर सन्दीप लामिछानेले यूएईका रित्य अरविन्दलाई १८ रनमा विकेट पछाडि क्याच गराए ।

नेपालको पहिलो विकेट करण केसीले लिएपछि यूएई सम्हालिएर खेलिरहेको थियो । १३.४ ओभरमा ४६ रन बनाएको अवस्थामा सन्दीपले अरविन्दको महत्वपूर्ण विकेट लिएका हुन् ।

सन्दीपको बल सार्प टर्न हुँदा अरविन्दले कुनै क्लु पाएनन् र उनको ब्याटमा छोएर गएको बल कुशल भुर्तेलको हातमा थामियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर