इंग्लिस प्रिमियर लिग : एभर्टनमाथिको जीतपछि आर्सनलको शीर्षस्थान कायमै – Nepal Press

इंग्लिस प्रिमियर लिग : एभर्टनमाथिको जीतपछि आर्सनलको शीर्षस्थान कायमै

काठमाडौँ । इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा रहेको आर्सनलले सानदार जित दर्ता गरेको छ। आर्सनलले घरेलु मैदानमा एभर्टनमाथि ४–० को फराकिलो जित निकाल्दै आफ्नो शीर्षस्थान कायमै राखेको हो  ।

इमिरेट्स स्टेडियम लन्डनमा बुधवार राति भएको खेलमा घरेलु टोली आर्सनलले  ४०औँ मिनेटमा बुकायो साकाको गोलबाट अग्रता लिएको थियो ।

पहिलो हाफको थप गरिएको पहिलो मिनेटमा बुकायो साकाको पासमा मार्टिनेलीले गोल २–० को अग्रता दिलाए  भने ७१औँ मिनेटमा मार्टिन ओडेगार्डले गोल गर्दै आर्सनललाई ३–० ले थप अघि बढाए ।

८०औँ मिनेटमा मार्टिनेलीले इडवार्ड एनकेइटाको पासमा व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गर्दै आर्सनलको फराकिलो जितलाई सुनिश्चित गरिदिए ।

जित पछि शीर्षस्थानसहित आर्सनलको २५ खेलबाट ६० अंक पुगेको छ भने पराजित एभर्टन २१ अंक जोडेर १८औँ स्थानमा सीमित छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर