चर्को ब्याजदरविरुद्ध सुदूरपश्चिमका उद्योगी व्यवसायीहरूले बैङ्कमा कारोबार नगर्ने – Nepal Press

चर्को ब्याजदरविरुद्ध सुदूरपश्चिमका उद्योगी व्यवसायीहरूले बैङ्कमा कारोबार नगर्ने

कैलाली । बैङ्कहरूले लिइरहेको चर्को ब्याजदर विरुद्ध सुदूरपश्चिमका उद्योगी व्यवसायीहरू आन्दोलित छन् ।

१५ गते देखि बिहान ११ बजे सम्म बजार बन्द गरेर सरकारलाई दबाब दिइरहेका यहाँका उद्योगी व्यवसायीहरूले आज बैङ्कहरूमा कारोबार नगर्ने भएका छन् । कैलालीमा पनि सशक्त रूपले आन्दोलन अघि बढिरहेको छ ।

बिहान ९ बजे देखी धनगढीको चटकपुरबाट चौराहा हुँदै पार्क मोडमा आज पनि विरोध र्‍याली निकाल्ने कैलाली उद्योग वाणिज्य सङ्घले तयारी गरेको छ ।

पार्क मोडमा कोणसभा गर्ने र सबै बैङ्कहरूमा दबाब मूलक धर्ना दिने कार्यक्रम रहेको कैलाली उद्योग वाणिज्य सङ्घका अध्यक्ष पुष्पराज कुवरले जानकारी दिए ।

कैलालीमा भइरहेको यस्तै आन्दोलन सुदूरपश्चिम प्रदेशका सबै जिल्ला तथा नगरहरूमा भइरहेको छ । उनीहरूले सरकारले ब्याजदर नघटाउँदा सम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *