जसपा सांसद निर्मलाले राेस्टमबाट रुँदै भनिन्- बहुमतको बलमा मलाई सती लगियो (भिडिओ) – Nepal Press

जसपा सांसद निर्मलाले राेस्टमबाट रुँदै भनिन्- बहुमतको बलमा मलाई सती लगियो (भिडिओ)

विराटनगर । प्रदेश १ सरकारका स्वास्थयमन्त्री तथा जनता समाजवादी पार्टीका सांसद निर्मला लिम्बूले बहुमतका आधारमा आफुलाई सती लगिएको आरोप लगाएकी छन् ।

प्रदेश १ प्रदेश सभामा प्रदेशको नामको विषयमा भएको छलफलमा उनले रुँदै आफू हाँसोको पात्र मात्रै भएको गुनासो गरिन् ।

उनले प्रदेश नामको विषयमा सरकार मै भएको भएपनि आफुलाई थाहा नदिएको भन्दै दुखेसो पोखिन् ।

उनले पहिचानका आधारमा प्रदेसको नाम राख्न नसकेकोमा आफू दुःखी भएको बताइन् । उनले आफू सरकारमै भएपनि नाम राख्ने विषयमा आफूलाई जानकारी नै नदिइएको बताइन् । सम्बोधनका क्रममा उनी निरन्तर सुँक्सुकाएकी थिइन् ।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर