क्यानका कोषाध्यक्षसँग यूएई उडे सन्दीप, भोलिको म्याच खेल्न सक्ने – Nepal Press

क्यानका कोषाध्यक्षसँग यूएई उडे सन्दीप, भोलिको म्याच खेल्न सक्ने

काठमाडौं । सन्दीप लामिछाने लिग २ क्रिकेट खेल्न युएई प्रस्थान गरेका छन् ।

नेपाल क्रिकेट संघ (क्यान)का कोषाध्यक्ष रोशनकुमार सिंहका साथमा ३ बजेको उडानबाट उनी प्रस्थान गरेको क्यानका प्रवक्ता दुर्गा पाठकले जानकारी दिए ।

नेपालले भोलि आफ्नो दोस्रो म्याच आयोजक यूएईसँग खेल्दैछ । सो म्याचमा सन्दीप सहभागी हुन सक्ने भएका छन् । टीममा रहेका अर्का स्पिनर मौसम ढकाल घाइते भएपछि क्यानले उनको स्थानमा सन्दीपलाई प्रतिस्थापन गरेको हो ।

सन्दीपलाई टिममा समावेश गर्न आइसीसीले अनुमति दिइसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर