राष्ट्रपतिमा सहयोग माग्दै वामदेव निवासमा ओली – Nepal Press

राष्ट्रपतिमा सहयोग माग्दै वामदेव निवासमा ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका अध्यक्ष वामदेव गौतमबीच भेटवार्ता भएको छ । एमाले अध्यक्ष ओली नेता गौतम भेट्न उनकै निवास भैंसेपाटी पुगेका थिए ।

राष्ट्रपतिमा एमालेले उपाध्यक्ष सुवास नेम्वाङलाई अगाडि सारेको छ । राष्ट्रियसभाका सदस्य रहेको गौतमलाई ओलीले नेम्वाङको पक्षमा भोट समेत मागेका सचिवालयले जनाएको छ ।

साविक नेकपा विभाजनपछि निष्क्रय रहेका गौतमले अहिले कम्युनिष्ट एकता अभियान चलाएका थिए । अहिले उनले त्यसलाई पार्टीमा रुपान्तरण गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर