मोरक्कोका डिफेन्डर हाकिमीमाथि बलात्कारको आरोप – Nepal Press

मोरक्कोका डिफेन्डर हाकिमीमाथि बलात्कारको आरोप

काठमाडौं । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) तथा मोरक्कोका डिफन्डर असरफ हाकिमीलाई बलात्कारको आरोप लागेको छ ।

एक २४ वर्षीया महिलाले फेब्रुअरी २५ मा हाकिमीले उनलाई फ्रान्सस्थित आफ्नै घरमा बलात्कार गरेको आरोप लगाएकी हुन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार उक्त महिलाले आइतबार प्रहरीमा घटनाबारे जानकारी गराए पनि आरोप दर्ता नै गरेकी थिइनन् ।

पेरिसको पश्चिमी उपनगर नान्टेरीमा रहेको सरकारी वकिलको कार्यालयले यो केसको बारेमा टिप्पणी गर्न अस्वीकार गरेपनि अनुसन्धान भने सुरु गरेको पुष्टि गरे ।

तर, हाकिमीमाथि लागको लागेको आरोपका विषयमा सार्वजनिक रूपमा उनी स्वयं र उनको क्लब पीएसजीले कुनै प्रतिक्रिया भने दिएका छैनन् ।

स्पेनमा जन्मेका हाकिमी मोरक्को कतार विश्वकपमा सेमिफाइनल पुग्ने पहिलो अफ्रिकन राष्ट्र बन्दा टिमको मुख्य सदस्य थिए ।

उत्कृष्ट प्रदर्शनकै कारण उनी पेरिसमा आयोजित फिफा अवार्डमा सम्मानित भएका थिए । जहाँ उनी फिफ्प्रोको विश्वको ११ मा नाम बनाउन सफल भएका थिए ।

हाकिमीले पीएसजीका किलियन एम्बाप्पे, लियोनल मेसीसँगै अवार्ड लिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर