प्रदेश १ : प्रदेशसभामा नामको प्रस्ताव पेश गर्न आह्वान, १० देखि १२ बजेसम्मको समय – Nepal Press

प्रदेश १ : प्रदेशसभामा नामको प्रस्ताव पेश गर्न आह्वान, १० देखि १२ बजेसम्मको समय

विराटनगर । प्रदेश नम्बर १ ले प्रदेशको नामाकरण सम्बन्धी प्रस्ताव आह्वानको सूचना टाँस गरेको छ ।

नेपालको संविधानको धारा २९५ को उपधारा (२) बमोजिम प्रदेशसभा सदस्यहरूलाई प्रस्ताव पेस गर्न आह्वान गरिएको हो ।

प्रदेश नम्बर १ को प्रदेशको नामाकरणका लागि प्रदेश सभा नियमावली, २०७४ (पहिलो संशोधन समेत) को नियम ५८ (ख) (१) बमोजिम सोही नियमावलीको अनुसूची-९ को ढाँचामा प्रदेश नं. १ का प्रदेशसभा सदस्यहरूलाई आज दिनको १०ः०० बजे देखि १२:०० बजे सम्म आफ्नो प्रस्ताव प्रदेश सभा सचिव समक्ष दर्ता गराउन अनुरोध गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर