प्रदेश १ को : नामाकरणको विषय सभामा पेश गर्ने भएपनि सुरक्षा व्यवस्था कडा (तस्बिरहरू) – Nepal Press

प्रदेश १ को : नामाकरणको विषय सभामा पेश गर्ने भएपनि सुरक्षा व्यवस्था कडा (तस्बिरहरू)

विराटनगर । प्रदेश नम्बर १ को प्रदेशसभामा प्रदेश नामाकरणको विषय प्रवेश गर्ने भएपछि सुरक्षा व्यवस्था कडा पारिएको छ ।

नाम जातीय पहिचानका आधारमा राख्ने की नदी, भूगोलका आधारमा राख्ने भन्ने विषयमा दलहरू विभाजित छन् ।

प्रदेशसभामा नामको विषयले प्रवेश पाउने भएपनि आन्दोलन हुन सक्ने भन्दै त्यहाँको सुरक्षा व्यवस्था कडा पारिएको हो ।

विराटनगर प्रवेश गर्न नाकाबाटै सुरक्षा अवस्था कडा पारिएको मोरङ प्रहरीले जनाएको छ ।

प्रदेशसभा भवन प्रवेशमा समेत कडाइ गरिएको छ । प्रदेशसभा सदस्यलाई पनि स्वकीय नलिई आउन भनिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर