‘द हन्ड्रेड’ को ड्राफ्टमा परे सन्दीप र अर्जुन – Nepal Press

‘द हन्ड्रेड’ को ड्राफ्टमा परे सन्दीप र अर्जुन

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने र विकेटकिपर ब्याटर अर्जुन साउद सय बलको प्रतियोगिता ‘द हन्ड्रेड’ को ड्राफ्टमा परेका छन् ।

सन्दीपले यसअघि, प्रतियोगिताको पहिलो संस्करणमा ओभल इनभिनसिबल्सबाट खेल्ने पक्का भएको थियो तर, उनी भिसा समस्याका कारण लन्डन पुगेर नखेली फर्किनु परेको थियो । भने, अर्जुनको नाम पहिलो पटक प्रतियोगिताको ड्राफ्टमा परेको हो ।

इङ्गल्यान्ड र वेल्स क्रिकेट बोर्डको आयोजनामा हुने प्रतियोगिता अगस्ट १ देखि २७ सम्म आयोजना हुनेछ ।

प्रतियोगितामा बिरमिनगाम फोनिक्स, लन्डन स्पिरिट, ओभल इनभिनसिबल्स, साउथर्न ब्रेभ, ट्रेन्ट रकेट्स र विल्स फायर गरी ८ टिमको सहभागिता रहने छ ।

ड्राफ्टमा २८ भन्दा बढी देशका ८ सय भन्दा बढी महिला तथा पुरुष खेलाडीले नाम दर्ता गरेका छन् । महिला र पुरुषको ड्राफ्ट संयुक्त रूपमा गरिएको छ । खेलाडीहरूको अक्सन मार्च २३ मा हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर