सिद्धार्थ र प्रिमियर इन्स्योरेन्सको एकीकृत कारोबार सुरु – Nepal Press

सिद्धार्थ र प्रिमियर इन्स्योरेन्सको एकीकृत कारोबार सुरु

काठमाडौं । सिद्धार्थ र प्रिमियर इन्स्योरेन्स एक आपसमा मर्ज भएर एकीकृत कारोबार सुरु गरेका छन्।

दुवै कम्पनी एक आपसमा गाभिएपछि सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार गर्ने भएका छन्। दुवै कम्पनीको पुस २९ गते बसेको साधारण सभाले मर्ज हुने प्रस्ताव पारित गरिसकेको थियो ।

बीमा प्राधिकरणले माघ १७ गते र कम्पनी रजिष्ट्रार कार्यालयले फागुन ८ गते दुवै कम्पनीलाई एकीकृत कारोबार गर्न अन्तिम स्वीकृति दिइसकेको हो।

दुई कम्पनी एक बराबर एक (१ः१) को सेयर स्वाप रेसियोमा मर्जर हुने भएका हुन् ।

यता, हाल सिद्धार्थको चुक्ता पुँजी १ अर्ब २८ करोड रुपैयाँ छ र प्रिमियर इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब २२ करोड रुपैयाँ छ ।

दुवै कम्पनी एक भएपछि २ अर्ब ४० करोड रुपैयाँ चुक्ता पुँजी पुगेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *