प्रदेश १ सरकारलाई राप्रपाको साथ, दमक कार्यपालिकामा एमालेको असहयोग हटाउन माग – Nepal Press

प्रदेश १ सरकारलाई राप्रपाको साथ, दमक कार्यपालिकामा एमालेको असहयोग हटाउन माग

विराटनगर । प्रदेश १ मा सत्ता साझेदार रहेका नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीबीचमा आगामी रणनीति कस्तो बनाएर जाने भन्ने विषयमा छलफल भएको छ ।

फेरिएको राजनीतिक समीकरणमा एमाले नेतृत्वको सरकारलाई कसरी अगाडि बढाउने भन्ने विषयमा छलफल केन्द्रित भएको हो ।

छलफलमा राप्रपाले अन्यत्र प्रदेशमा जे भएपनि प्रदेश १ मा भने सरकार नछाड्ने बताएको छ । राप्रपाले बर्तमान सरकार हटाउन विपक्षी गठबन्धनले गर्ने अवरोधको एमालेसँग मिलेर प्रतिवाद गर्नेसमेत प्रतिवद्वता जनाएको छ ।

छलफलमा प्रदेश १ का मुख्यमन्त्री हिक्मत कुमार कार्की, एमाले केन्द्रीय सदस्य तथा प्रदेससभा सदस्य राम राना मगर, राप्रपा प्रदेश १ का अध्यक्ष राम थापा, राप्रपा प्रदेश १ संसदीय दलका नेता तथा प्रदेश सरकारका प्रवक्ता भक्तिप्रसाद सिटौला, प्रदेशसभा सदस्य अमरबहादुर बिष्ट सहभागी थिए ।

बैठकमा प्रदेश १ मा बन्ने संसदीय समितीमा क-कसलाई पठाउने विषयमा समेत छलफल भएको बैठकमा सहभागी राम रानाले बताए ।

उनका अनुसार संसदमा संसदीय समितीको विषय प्रवेश गराउने तयारी भएकाले समिति गठनका विषयमा छलफल भएको बताए । संसदीय समितिका विषयमा छलफल भए पनि टुंगोमा भने पुग्न नसकेको रानाले बताए ।

बैठकमा राप्रपाका प्रदेश अध्यक्ष राम थापाले दमक नगरपलिका कार्यपालिका बैठकमा एमालेले गर्दै आएको अवरोध हटाउन आग्रह गरे ।

उनी दमकका मेयरसमेत हुन् । दमक नगरपालिकमा मेयर र उपमेयरले एकलौटी बजेट बनाएको भन्दै एमालेका कार्यपालिका सदस्यहरुले विरोध गर्दै आएका छन् । बजेट पास भएपनि एमालेले अवरोध गर्दा योजना कार्यन्वयनमा जान सकेको छैन ।

दमक नगरपालिका कार्यपालिकामा एमालेको बहुमत रहेको छ । दमकका १३ वटा वडा मध्य १० वटा एमालेले जितेको छ । कांग्रेसले २ वटा वडा र राप्रपाले १ वटा वडा अध्यक्ष जितेको छ । उपमेयर भने कांग्रेसले जितेको छ ।

बैठकमा सत्ता साझेदार भएकाले सबै क्षेत्रमा एक अर्कालाई सहयोग गरेर जाने मुख्य मन्त्री कार्कीले बताए । उनले बैठकमा भने, ‘सत्ता साझेदार भएकाले हामी सबैतिर एक अर्कालाई सहयोग गरेर जानुपर्छ ।’

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर