बहराइन जानुअघि राष्ट्रपति भण्डारीसँग सभामुख घिमिरेको भेट – Nepal Press

बहराइन जानुअघि राष्ट्रपति भण्डारीसँग सभामुख घिमिरेको भेट

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसँग सभामुख देवराज घिमिरेले मंगलबार भेट गरेका छन् ।

राष्ट्रपति कार्यालयमा भएको भेटमा सभामुख घिमिरेले अन्तरव्यवस्थापिका संघ (आईपीयू) बैठकबारे जानकारी गराएका छन् ।

आईपीयूको १४६ औं बैठकका लागि ९ सदस्यीय टोलीको नेतृत्व गर्दै सभामुख आगामी फागुन २६ गते बहराइन प्रस्थान गर्दैछन् ।

आईपीयू बैठक फागुन २७ देखि चैत १ गतेसम्म बहराइनको मनामा शहरमा हुँदैछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर