ओरालोतर्फ नेप्से, लघुवित्तको शेयर मूल्यमा सकारात्मक सर्किट – Nepal Press

ओरालोतर्फ नेप्से, लघुवित्तको शेयर मूल्यमा सकारात्मक सर्किट

काठमाडौं । साताको तेस्रो दिन मंगलबार नेप्से झिनो अंकले ओरालोतर्फ लागेको छ ।

मंगलबार नेप्से परिसूचक ३.८१ अंकले घटेर २०१९.७३ विन्दुमा कायम भएको छ ।

अघिल्लो दिन सोमबारमात्रै ३.६५ अंकले घटेको बजार २०२३.५४ बिन्दुमा पुगेको थियो ।

त्यस्तै ३९ लाख ४६ हजार २४ कित्ता शेयरको खरिदबिक्री हुँदा बजारले १ अर्ब ३८ करोड ७८ लाख ६५ हजार ५१५ रुपैयाँ बराबरको कारोबार गरेको छ ।

आजको कारोबारमा आधीखेला लघुवित्त वित्तीय संस्था, आदर्श लघुवित्त वित्तीय संस्था र खप्तड लघुवित्त वित्तीय संस्थाको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

मंगलबार युनिभर्सल पावर कम्पनीले ७ करोड ५५ लाख ११ हजार ५८४ रुपैयाँको कारोबार गरेर शीर्ष स्थान कायम गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *