अबको राष्ट्रपति दलको प्रतिनिधित्व नझल्कने गरी काम गर्ने हुनुपर्छ : सीके राउत (भिडिओ) – Nepal Press

अबको राष्ट्रपति दलको प्रतिनिधित्व नझल्कने गरी काम गर्ने हुनुपर्छ : सीके राउत (भिडिओ)

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले अवको राष्ट्रपतिले कुनै दलको प्रतिनिधित्व नझल्कने गरी काम गर्न सक्नुपर्ने बताएका छन् ।

मंगलबार काठमाडौंमा सञ्चारकर्मीसँग कुरा गर्दै राउतले सरकारले गरेको कामकारबाहीलाई सहयोग गर्ने, सरकारले पठाएका बिधेयकहरुलाई अघि बढाउने र दलको प्रतिनिधित्व नझल्कने गरी अबको राष्ट्रपतिले काम गर्नुपर्ने बताएका हुन् ।

यसअघि नागरिकता जस्ता दुवै सदनबाट पारित भइसकेका बिधेयकहरु राष्ट्रपति कार्यालयमा अड्काएर राखेकै कारण लाखौं युवाहरु नागरिकताविहीन हुन पुगेको उनको भनाइ छ ।

राउतले राष्ट्रपति र सभामुख एउटै पार्टी हुदा निरंकुशता जन्माउने आधारहरु रहेकाले आफ्नो पार्टीले कांग्रेस उम्मेदवारलाई समर्थन गरेको जानकारी दिए । उनले अहिले पनि माओवादी कै नेतृत्वमा सरकार रहेकाले सरकार छाड्ने कुनै योजना नरहेको पनि बताए ।

अरु पार्टीहरुको विभिन्न कारणहरु रहेपनि जनमत पार्टीका लािग सरकार छाड्ने परिस्थिति नबनेको उनले बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर