फलो अनमा परेको न्युजिल्यान्डको रोमाञ्चक जीत, एक रनले हार्‍यो इङ्ल्यान्ड – Nepal Press

फलो अनमा परेको न्युजिल्यान्डको रोमाञ्चक जीत, एक रनले हार्‍यो इङ्ल्यान्ड

वेलिङ्टन । इङ्ल्यान्डविरुद्धको टेस्टमा न्युजिल्यान्ड फलो अनमा परेर पनि एक रनले विजयी भएको छ । २५८ रनको लक्ष्य पाएको इङ्ल्यान्ड पाँचौं तथा अन्तिम दिन २५६ रनमा समेटियो ।

यो जीतसँगै न्युजिल्यान्डले दुई खेलको श्रृंखला १-१ ले बराबरी गरेको छ । इङ्ल्यान्डलाई सस्तोमा समेट्न न्युजिल्यान्डका नेइल वाग्नरले ४, टिम साउथीले ३ र म्याट हेनरीले २ विकेट लिएका थिए । ८० रन जोड्दा ५ विकेट गुमाएको इङ्ल्यान्डले छैटौं विकेटका लागि १२१ रनको साझेदारी गरेको थियो ।

शतकीय साझेदारी गरेका बेन स्टोक्स र जोए रुट एक रनको अन्तरमा आउट भएपछि भ्रमणकारी टोली संकटमा परेको थियो । दुवैलाई वाग्नरले आउट गरेका थिए ।

त्यसअघि इङ्ल्यान्डले पहिलो पालीमा ८ विकेट गुमाएर ४३५ रन जोडेपछि समाप्तिको घोषणा गरेको थियो । न्युजिल्यान्ड भने २०९ रनमा अल आउट भएपछि फलो अनमा परेको हो ।

दोस्रो पाली थालेको किविज टोलीले ४८३ रन जोडेपछि इङ्ल्यान्डले सोमबार लक्ष्य पछ्याउन सुरु गरेको थियो । इङ्ल्यान्ड चौथो दिनको समाप्तिमा ४८१ को अवस्थामा रहेको थियो ।

टेस्ट इतिहासमा न्युजिल्यान्ड फलो अनमा परेर खेल जित्ने चौथो टोली हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर