यू–१९ विश्वकप छनोट : कसिलो बलिङसँगै नेपालले पायो ७३ रनको सामान्य लक्ष्य – Nepal Press

यू–१९ विश्वकप छनोट : कसिलो बलिङसँगै नेपालले पायो ७३ रनको सामान्य लक्ष्य

काठमाडौं । नेपाको कसिलो बलिङसामु टिक्न नसकेको मलेसियाले आईसीसी यू–१९ एसिया रिजन विश्वकप छनोटमा ३५.३ ओभरमा अल आउट हुँदै ७३ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

टस जितेर ब्याटिङ थालेको मलेसियाका ८ ब्याटर दोहोरो अंकमा रन बनाउन नसकी आउट हुँदा मोहमद आलिफ शामसुल बहरिनले सर्वाधिक २६ रन योगदान गरे । ओपनर मोहमद आइरिल हारिसन र मोहमद स्याहिर सयामायल साहले समान १२ रन योगदान गरे ।

नेपालको बलिङमा दिपेश कँडेलले १० ओभरमा ४ मेडन राख्दै ११ रन खर्चिएर सर्वाधिक ४ विकेट लिए । मिलन बोहराले ९ ओभरमा ५ मेडनसहित ८ रन खर्चिएर २ विकेट लिए । आकाश चन्दे ४.३ ओभरमा ९ रन खर्चिएर तीन विकेट लिए । सुवास भण्डारीले ९ ओभरमा २ मेडनसहित ३२ रन खर्चिएर एक विकेट लिए ।

पहिलो खेलमा सिंगापुरलाई पराजित गर्दै विजयी सुरुआत गरेको नेपालले दोस्रो खेलमा कुवेतलाई २ सय ४३ रनले हराएको थियो । हङकङलाई ९ विकेटले पराजित गर्दै नेपालले लगातार तेस्रो जित निकालेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर