आजको विनिमयदर : अमेरिकी डलरको भाउमा वृद्धि, युरोको घट्यो – Nepal Press

आजको विनिमयदर : अमेरिकी डलरको भाउमा वृद्धि, युरोको घट्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले मङ्गलवारको विनिमय दर सार्वजनिक गरेको छ। जसअनुसार अमेरिकी डलरको भाउ १३ पैसाले वृद्धि भएको छ ।

मङ्गलवार अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ २४ पैसा र बिक्रीदर १३२ रुपैयाँ ८४ पैसा कायम गरिएको छ। यसअघि सोमबार अमेरिकी डलरको खरिद मूल्य १३२ रुपैयाँ ११ पैसा र बिक्री मूल्य १३२ रुपैयाँ ७१ पैसामा कारोबार भएको थियो ।

नेपाल राष्ट्र बैंकका अनुसार आज युरोपियन युरो एकको खरिददर १३९ रुपैयाँ ६९ पैसा र बिक्रीमा १४० रुपैयाँ ३२ पैसा तोकिएको छ ।  यो मूल्य अघिल्लो दिनको तुलनामा ३४ पैसा घटेको हो। सोमबार युरोको खरिद मूल्य १३९ रुपैयाँ ३५ पैसा र बिक्रीमा १३९ रुपैयाँ ९८ पैसा कायम गरिएको थियो।

त्यसैगरी, मङ्गलवार अष्ट्रेलियन डलर एकको खरिदमा आज ८८ रुपैयाँ ८२ पैसा र बिक्रीमा ८९ रुपैयाँ २२ पैसा तोकिएको छ। यो मूल्य सोमबारको तुलनामा ४ पैसाले घटेको छ । सोमबार अष्ट्रेलियन डलर एकको खरिद मूल्य ८८ रुपैयाँ ८६ पैसा र बिक्रीमा ८९ रुपैयाँ २६ पैसामा कारोबार भएको थियो ।

यस्तै, बेलायती पाउण्ड स्टर्लिङ एकको मङ्गलवारको खरिद मूल्य १५८ रुपैयाँ ४४ पैसा र बिक्री मूल्य १५९ रुपैयाँ १६ पैसा तोकिएको छ। सोमबार भने बेलायती पाउण्ड स्टर्लिङको खरिद मूल्य १५७ रुपैयाँ ८२ पैसा र बिक्री मूल्य १५८ रुपैयाँ ५४ पैसा तोकिएको थियो ।

मङ्गलवार क्यानेडियन डलर एकको खरिद मूल्य ९७ रुपैयाँ २६ पैसा र बिक्री मूल्य ९७ रुपैयाँ ७१ पैसामा कारोबार भइरहेको छ।

यस्तै, राष्ट्र बैंकले कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ २३ पैसा र बिक्रीमा ३६ रुपैयाँ ३९ पैसा कायम गरेको छ भने मङ्गलवार साउदी अरेबियन एकको खरिददर ३५ रुपैयाँ २३ पैसा र बिक्रीदर ३५ रुपैयाँ ३९ पैसा, युएई दिराम एकको खरिदमा ३६ रुपैयाँ १ पैसा र बिक्रीमा ३६ रुपैयाँ ३९ पैसा तोकिएको छ ।

उता, मलेसियन रिंगिट एकको खरिद मूल्य २९ रुपैयाँ ५३ पैसा र बिक्री मूल्य २९ रुपैयाँ ६६ पैसा तोकिएको छ भने सोमबार भने साउदी अरेबियन, युएई दिराम र मलेसियन रिंगिटको कारोबार स्थिर भएको थियो ।

मङ्गलवार कुवेती दिनार एकको खरिदमा ४३० रुपैयाँ ३७ पैसा र बिक्रीमा ४३२ रुपैयाँ ३२ पैसा, बहराइन दिनार एकको खरिददर ३५० रुपैयाँ ७६ पैसा र बिक्रीदर ३५२ रुपैयाँ ३५ पैसा तोकिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *