यी हुन् एमाले प्रदेश १ ले कारबाही गरेका प्रदेश कमिटी सदस्यहरू – Nepal Press

यी हुन् एमाले प्रदेश १ ले कारबाही गरेका प्रदेश कमिटी सदस्यहरू

विराटनगर । एमालेले पार्टीको नीति विपरीत संघ, प्रदेश र स्थानीय तहमा उम्मेदवारी दिएका १० जना प्रदेश कमिटी सदस्यलाई कारबाही गरेको छ ।

एमाले प्रदेश १ कमिटीको बैठकले १० महाधिवेशन कमिटी बैठकमा अनुपस्थित हुने ७७ जनालाई पनि कारबाही गरेको थियो ।

निर्वाचनमा बागी विद्रोही भएका प्रदेश कमिटी सदस्यहरू उदयपुरकी भिमकुमारी राउत, ओखलढुंगाका सिताराम गुरुङ,झापाका हरि राना, सुनसरीका मनोज मेन्यांङवो, र मोरङका योगेन्द्र मण्डललाई पार्टी सदस्यता समेत नरहने गरी कारबाही गरेको हो ।

यस्तै बैठकले निर्वाचनका बेला पार्टीको काम नगर्ने र असहयोग गरी पार्टी परित्याग गरेका प्रदेश कमिटी सदस्यहरूलाई सदस्य समेत नरहने गरी निष्कासन गरेको छ ।

निष्कासन हुनेमा मोरङका रामकुमार बस्नेत, मोरङकै राजकुमार बस्नेत, मोरङका प्रताप थापा, ताप्लेजुङका वांङ्दि शेर्पा र मोरङका राजेन्द्र पौडेल रहेका छन् ।

पार्टीको दशौँ महाधिवेशनदेखि निरन्तर कमिटीको बैठकमा अनुपस्थित हुनेहरूलाई प्रदेश कमिटीबाट बिदा दिने निर्णय गरेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर