पपुवा न्यूगिनीमाथि हावी हुँदै विश्वकप लिग-२ नेपालको लगातार पाँचौं जित – Nepal Press

पपुवा न्यूगिनीमाथि हावी हुँदै विश्वकप लिग-२ नेपालको लगातार पाँचौं जित

काठमाडौं । विश्वकप लिग-२ मा नेपालले लगातार पाचौं जित दर्ता गरेको छ । यूएईमा आयोजित त्रिकोणात्मक श्रृंखलामा पपुवा न्यूगिनीमाथि नेपालले सहज जित निकाल्यो ।

कुशल भुर्तेलको अर्धशतक प्रेरित आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत यूएईमा आजदेखि सुरु त्रिदेशीय एकदिवसीय शृंखलाको पहिलो खेलमा नेपालले पपुवा न्यूगिनि(पीएनजी)लाई ४ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको छ ।

यूएईस्थित दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा पीएनजीले दिएको २०४ रनको लक्ष्य नेपालले ४५.२ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो ।

नेपालको जितमा ओपनर ओपनर कुशल भुर्तेलले सर्वाधिक ५६ रनको योगदान गरे । उनले ६९ बल खेल्दै ५ चौकाको मद्दतमा चौथो एकदिवसीय अर्धसतक प्रहार गरेका थिए । कुशलले पहिलो विकेटका लागि आसिफ शेख सँग ७६ रनको साझेदारि गरेका थिए ।

आसिफ ३९ बलमा ५ चौकासहित ४४ रन योगदान गरेर आउट भए । ज्ञानेन्द्र मल्ल ४ रनमा आउट हुँदा कप्तान रोहित पौडेलले २० रन बनाए । दीपेन्द्रसिंह ऐरी पाँचौं विकेटका लागि आरिफ शेख सँग ५४ रनको साझेदारि गर्दै १७ बनाएर सेसे बाउको बलमा बोल्डआउट भए ।

आरिफ ६६ बल खेल्दै समान एक चौका र छक्कासहित ३८ रन बनाएर पभेलियन फर्किए ।

कुशल मल्ल १२ र सोमपाल कामी ५ रनमा अविजित रहे । पीएनजीको बलिङमा कतान आसाद भालाले १० ओभरमा ३७ रन खर्चिएर तीन विकेट लिए । नोरमान भानुवा र सेसे बाउले समान एक विकेट लिए ।

पहिला ब्याटिङ गरेको पीएनजीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २०३ रनको योगफल बनाएको थियो । पीएनजीका लागि कप्तान आसाद भाला र चाड सोफरले समान ३६ रन योगदान गरे ।

ओपनर किपिन डोरिगा २९ रनमा आउट हुँदा सेसे बाउ ३१ रनमा पभेलियन फर्किए । हिरि हिरी १० रनमा आउट भए । नोर्मान भानुुआ २५ रनमा आउट हुँदा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

नेपालका गुलसन झाले सर्वाधिक तीन विकेट लिए । उनले ९ ओभरमा २८ रन खर्चिए । कुशल मल्ले ८ ओभरमा ४३ रन खर्चिएर दुई विकेट लिँदा सोमपाल कामी, करण केसी र प्रतिश जिसीले समान एक विकेट लिए ।

शृंखलाको दोस्रो खेलमा नेपालले बिहिबार आयोजक यूएईको सामना गर्नेछ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर