सञ्चारमन्त्रीले मागिन् नेपाल टेलिभिजन र गोरखापत्रका अध्यक्षको राजीनामा – Nepal Press

सञ्चारमन्त्रीले मागिन् नेपाल टेलिभिजन र गोरखापत्रका अध्यक्षको राजीनामा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाल टेलिभिजनको कार्यकारी अध्यक्ष समीरजंग शाह र गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदीको राजीनामा माग गरेका छन् ।

तीन दिनअघि सञ्चार सचिव वैकुण्ठ अर्यालमार्फत मन्त्रालयमै बोलाएर राजीनामा मागिएको हो । तीन दिनदेखि राजीनामा माग्दासमेत नआएपछि मन्त्री शर्माले आज मन्त्रालयमै बोलाएकी थिइन् । मन्त्रीले बोलाएपछि मन्त्रालयमै गएर कुराकानी भएको नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष शाहले बताए ।

उनीहरूले सत्ता समीकरण फेरिएर एमाले बाहिरिएपछि कांग्रेस सरकारमा आउन लागेको भन्दै आफूहरूले राजीनामा नदिएको मन्त्री शर्मालाई बताएका छन् । कांग्रेस पनि सरकारमा आइसकेपछि निर्णयमाथि पुनर्विचार गन उनीहरूले सञ्चारमन्त्रीलाई आग्रह गरेका छन् ।

दुवै अध्यक्षलाई तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले ज्ञानेन्द्रबहादुर कार्की सञ्चारमन्त्री भएको बेलामा चार वर्षलाई नियुक्त गरेको थियो । नयाँ सरकार बनेपछि मन्त्री शर्माले कार्यसम्पादनमा प्रश्न उठाउँदै हटाउन लागेकी हुन् ।

दुवै अध्यक्षले कांग्रेस सभापति शेरबहादुर देउवासहित शीर्ष नेताहरूलाई भेटेर राजीनामा नदिने बताइसकेका छन् । यस्तै, नेकपा माओवादी केन्द्र निकट प्रेस सेन्टरका अध्यक्ष विष्णु सापकोटा जुगललाई पनि भेटेर उनीहरूले आफूहरूले राजीनामा नदिने बताइसकेका छन् ।

प्रतिक्रिया

One thought on “सञ्चारमन्त्रीले मागिन् नेपाल टेलिभिजन र गोरखापत्रका अध्यक्षको राजीनामा

  1. भने पछि अब बन्ने मन्त्रिमण्डलमा रेखा आउट ।दिल्लीको एक नम्बर दलालका बफादारहरूलाई निकाल्ने हिम्मत ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर