विद्युत परियोजनाहरुको सफलतासँगै गोरखाबासीको समुन्नति सुनिश्चित हुन्छ: सांसद बजगाईं – Nepal Press

विद्युत परियोजनाहरुको सफलतासँगै गोरखाबासीको समुन्नति सुनिश्चित हुन्छ: सांसद बजगाईं

काठमाडौं । प्रतिनिधिसभा सदस्य एवं नेपाली कांग्रेसका नेता राजेन्द्र बजगाईंले गोरखा जिल्लामा निर्माण भएका विद्युत परियोजनाहरुको सफलतासँगै गोरखाबासीको समुन्नति सुनिश्चित हुने बताएका छन् ।

विकास हाइड्रोपावर कम्पनीद्वारा सञ्चालित माछाखोला जलविद्युत आयोजनाको उद्घाटन समारोहमा विशिष्ट अतिथिका रुपमा बोल्दै सांसद बजगाईंले गोरखाकै गौरवको रुपमा रहेको बुढीगण्डकी आयोजना र अन्य साना विद्युत आयोजनाहरुका सफलतासँग गोरखाको विकास जोडिएको बताए ।

आफ्नो निर्वाचन क्षेत्रमा मात्रै साना खोलाहरुबाट १ हजार मेगावाट विद्युत उत्पादनका लागि पिपिए भएको स्मरण गराउँदै बजगाईले आयोजनाहरुको लागत अनावश्यक रुपले बढ्न दिन नहुने बताए ।

‘राष्ट्रिय गौरवको आयोजना बुढीगण्डकीको प्रस्तावित प्रसारण लाइन निर्माणमा १ अर्ब ८० करोड रुपैयाँ फजुल खर्च हुने देखिन्छ । गुम्दा र लाप्राकको बीचमा ग्रीड बनाउने हो भने फजुल खर्च रोक्न सकिन्छ’, उनले भने ।

माछाखोला जलविद्युत आयोजनाले उत्पादन सुरु गरेकोमा खुसी व्यक्त गर्दै सांसद बजगाईंले जलविद्युत र पर्यटन प्रबर्धनबाट नै मुलुकले समृद्धि हासिल गर्ने बताए । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र आफू दुवैजना गोरखाबाट निर्वाचित भएको स्मरण गर्दै सांसद बजगाईले गोरखाको समग्र विकासमा आफूहरुको विशेष चासो रहने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर