मच्छिन्द्र फाइनलमा, केपी एफसी बाहिरियो (भिडिओ) – Nepal Press

मच्छिन्द्र फाइनलमा, केपी एफसी बाहिरियो (भिडिओ)

काठमाडौं । विमल घर्ती मगरको निर्णायक गोलप्रेरित मछिन्द्र क्लब आयोजक केपी एफसीलाई १-० गोलको नतिजामा पराजित गर्दै केपी ओली कपको फाइनलमा पुगेको छ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको दोसो सेमिफाइनलमा आयोजकविरुद्ध विमलले १९औं मिनेटमा गरेको गोल निर्णायक बन्यो ।

बायाँतर्फबाट रन्जित धिमालले दिएको पासलाई पेनाल्टी एरिया भित्र बल नियन्त्रणमा लिएर विमलले गोल गरेका थिए। विमलको गोलसँगै अग्रता लिएको मछिन्द्रले खेलमा प्रभुत्व जमाए पनि थप गोल गर्न सकेन ।

मच्छिन्द्रका नुरेन करिमले १५औं मिनेटमा गरेको लामो प्रहार क्रसबार माथिबाट बाहिरिएको थियो ।

यस्तै, केपी एफसीका अजयी मार्टिन्सलाई विपक्षी टिमका आन्द्रेस नियाले फाउल गरेपछि पेनाल्टी एरिया अगाडि आयोजकले फ्रि–किक पाएको थियो । तर, सिफामान्डिया सेलेले प्रहार गरेको फ्रि-किक क्रसबार माथिबाट बाहिरिएको थियो ।

त्यसको एक मिनेट नबित्दै अनिल महर्जनले बायाँतर्फबाट प्रहार गरेको कर्नरमा केपी एफसीले गोलको अवसर सिर्जना गर्न सकेन ।

जितसँगै फाइनलमा पुगेको मछिन्द्रले उपाधिका लागि सातदोबाटो युथ क्लबसँग खेल्ने छ । सातदोबाटो पहिलो खेलमा नेपाल पुलिस क्लब र दोस्रो खेलमा त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै फाइनलमा पुगेको हो ।

पहिलो खेलमा चर्च ब्वाइज युनाइटेडलाई २-१ गोलको नतिजामा परातिज गर्दै मच्छिन्द्रले सेमिफाइनलमा स्थान बनाएको थियो । त्यस्तै, केपी एफसीले जावलाखेललाई पेनाल्टी सुटआउटमा पराजित गर्दै अन्तिम चारको यात्रा तय गरेको थियो ।

वुधबार हुने फाइनलको विजेताले १० लाख र उपविजेताले ५ लाख पाउनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर