सात महिनामा करिब २३ अर्ब रकमान्तर – Nepal Press

सात महिनामा करिब २३ अर्ब रकमान्तर

काठमाडाैं । सरकारले चालु आर्थिक वर्ष (२०७९/८०) को माघ महिनासम्म २२ अर्ब ७५ करोड रुपैयाँ रकमान्तर गरेको छ । अर्थमन्त्रालयको तथ्यांकअनुसार सबैभन्दा धेरै पुस महिनामा रकमान्तर भएको छ ।

पुसमा मात्र २२ अर्ब २ करोड ५० लाख रुपैयाँ रकमान्तर भएको छ । यस महिनामा सरकारले विकास ऋणलाई ट्रेजरी बिलमा रकमान्तर गरेको थियो ।

मन्त्रालयका अनुसार ट्रेजरी बिलको सावाँ भुक्तानी गर्न नपुगेको रकम व्यवस्थापन गर्नको लागि यो रकम रकमान्तर भएको हो । बन्चरे डाँडास्थित ल्याण्डफिल्ड साइट पुग्ने सडकको स्तरोन्नतीका लागि पनि रकमान्तर भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *