पीएनजीविरुद्ध नेपालको उत्कृष्ट सुरुवात – Nepal Press

पीएनजीविरुद्ध नेपालको उत्कृष्ट सुरुवात

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत यूएईमा आजदेखि सुरु त्रिदेशीय एकदिवसीय शृंखलाको पहिलो खेलमा पपुवा न्यूगिनि(पीएनजी)विरुद्ध नेपालले उत्कृष्ट सुरुवात गरेको छ ।

दुबई अन्तर्राष्ट्रिय क्रिकट रंगशालामा पीएनजीले दिएको २०४ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले एक विकेट गुमाउँदै १६ ओभरको समाप्तिमा ८८ रन बनाएर खेलिरहेको छ । क्रिजमा कुशल भुर्तेल र ज्ञानेन्द्र मल्ल छन् ।

ओपनर आसिफ शेख र कुशल भुर्तेलले पहिलो विकेटका लागि १४.५ ओभरमा ७६ रनको साझेदारि गरे । आसिफ ३९ बलमा ५ चौका प्रहार गर्दै ४४ रन बनाएर रनआउट हुँदा अर्धशतक बनाउन चुके ।

नेपाललाई जितका लागि ३४ ओभरको खेल बाँकी रहँदा १ सय १६ रनको आवश्यकता छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर