नेप्सेमा झिनो अंकको गिरावट – Nepal Press

नेप्सेमा झिनो अंकको गिरावट

काठमाडौं । साताको दास्रो दिन सोमबार नेप्से झिनो अंकले ओरालो लागेको छ ।

सोमबार नेप्से परिसूचक ३.६५ अंकले घटेर २०२३.५४ बिन्दुमा कायम भएको छ ।

आज ५१ लाख २० हजार ८ सय ८८ कित्ता सेयरको खरिदबिक्री हुँदा बजारले १ अर्ब ८९ कारोड ३७ लाख ३६ हजार ३६५ रुपैयाँ बराबरको कारोबार भएको छ ।

अघिल्लो दिन आइतबार मात्रै बजार ४.५५ अंकले बढेर २०२७.१९ बिन्दुमा कायम भएको थियो ।

आज सर्वाधिक नाफा कमाउनेमा क्रमशः स्वाभिमान लघुवित्त वित्तीय संस्था, समलीं पावर कम्पनी, तेरागोन रेजेन्सी होटल र उपकार लघुवित्त वित्तीय संस्था रहेका छन् । सर्वाधिक गुमाउनेमा क्रमशः राप्ती हाइड्रोपावर, सिवाइसि नेपाल लघुवित्त वित्तय संस्था, सुम्मती लघुवित्त वित्तीय संस्था र छेयांदि आइड्रोपावर कम्पनी रहेका छन् ।

सोमबार बजार पुजिकरण २० खर्ब ९९ अर्ब रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *