माओवादी र नेसपाका विद्यार्थी संगठनले स्ववियू चुनावमा तालमेल गर्ने – Nepal Press

माओवादी र नेसपाका विद्यार्थी संगठनले स्ववियू चुनावमा तालमेल गर्ने

काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारी र नेपाल समाजवादी पार्टीको विद्यार्थी संगठन नेपाल समाजवादी विद्यार्थी युनियनबीच तालमेल हुने भएको छ ।

सोमबार बाल्मिकी क्याम्पसमा कार्यक्रम गरेर उनीहरुले तालमेलको घोषणा गरेका हुन् ।

उनीहरुबीच चैत ५ मा त्रिभुवन विश्वविद्यालय र नेपाल संस्कृत विश्वविद्यालय, चैत ३ मा मध्यपश्चिम र चैत ८ मा सुदूरपश्चिम विश्वविद्यालयले गर्ने स्ववियु चुनावमा तालमेल गर्ने सहमति भएको हो ।

सहमतिमा अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंह र समाजवादी विद्यार्थी युनियनका अध्यक्ष नेत्र चापागाईंले हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर