सुजुकीको नेक्स जेन डिलरशीपमा स्मार्ट सिरोजेनिक्स – Nepal Press

सुजुकीको नेक्स जेन डिलरशीपमा स्मार्ट सिरोजेनिक्स

काठमाडौं । नेपालका लागि सुजुकी चार पाङ्ग्रे सवारी साधनको आधिकारिक वितरक सिजी होल्डिङ्सले आफूले विक्री गर्दै आएका सुजुकी व्राण्डका विभिन्न मोडलहरु मध्ये प्रिमियम सेगमेण्टका सवारी साधनहरुको विक्रि व्यवस्थापन गर्न ‘सिजी नेक्स जेन’ स्मार्ट सिरोजेनिक्स शोरूमको अवधारणा अगाडि सारेको छ ।

सोही अवधारणा अन्तर्गत ग्राहकहरुलाई विश्व स्तरिय सेवा सुविधा तथा अनुभव प्रदान गर्ने उद्धेश्यका साथ नक्साल काठमाडौँमा कम्पनीको आधिकारिक डिलरको रुपमा स्मार्ट सिरोजेनिक्सलाई नियुक्त गरिएको कम्पनीले जनाएको छ । ग्राहकहरुलाई सहज र झन्झट मुक्त अनुभव प्रदान गर्न नयाँ सोरुम डिजाइन कम्पनीको भनाई छ ।

स्मार्ट सिरोजेनिक्स मार्फत सुजुकी व्राण्डका प्रिमियम गाडीहरु उपलब्ध हुनेछन भने ग्राहकवर्गहरुले गाडी खरिद गर्दाको अनुभव फरक र उच्चस्तरीय रहने कम्पनीको दाबी छ । उक्त शोरुम मार्फत सुजुकीको ग्राण्ड भिटारा, एसक्रस, रेटिगा, एक्सएल ६, डिजीरी, लिग्न्सि, बालिनो लगायतका प्रिमियम गाडीहरु खरिद गरिन गर्न सकिनेछ ।

नक्सालस्थित उक्त स्मार्ट सिरोजेनिक्स शोरूमको उद्घाटन सिजी होल्डिङ्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक अरुण कुमार चौधरी र सिरोहिया ग्रुपका अध्यक्ष गोपाल प्रसाद सिरोहियाले संयुक्त रुपमा गरेका हुन् ।

स्मार्ट सिरोजेनिक्सका निर्देशक, बिनोद सिरोहियाज्युका अनुसार, “सुजुकी नेपालकै सर्वाधिक बिक्री हुने अटोमोबाइल ब्रान्ड हो । सुजुकीका कारहरू विश्वसनीय, दक्ष र उच्च परफोरमेन्स लागि परिचित छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *