दरबारमार्गका व्यापारीले आज १ घण्टा पसल बन्द गर्ने – Nepal Press

दरबारमार्गका व्यापारीले आज १ घण्टा पसल बन्द गर्ने

काठमाडौं । पार्किङ हटाएको विरोधमा दरबारमार्गका व्यापारीहरुले एक घण्टा पसल बन्द गर्ने भएका छन् । काठमाडौं महानगरपालिकाले दरबारमार्गको सडक किनारको पार्किङ हटाएको विरोधमा व्यापारीहरुले १ घण्टा पसल बन्द गर्न लागेको हो ।

पार्किङको विकल्प नखोजी हालको पार्किङ हटाइएको भन्दै पसल बन्द गरर महानगरविरुद्ध विरोध गरिने व्यापारीहरुले बताएका छन् । आज अपराह्न साढे ४ देखि साढे ५ बजेसम्म सटर बन्द गर्नेछन् ।

महानगरले गएको पुस १९ गतेदेखि दरबारमार्ग क्षेत्रमा पार्किङ गर्न निषेध गरेको थियो । पार्किङ हटाउदा व्यापारमा समस्या आएकाले व्यापारीहरुको गुनासो छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *