राखेपले भन्यो- प्रधानमन्त्रीले खेलाडीसँग हात मिलाउँदा गलत प्रचार गरियो – Nepal Press

राखेपले भन्यो- प्रधानमन्त्रीले खेलाडीसँग हात मिलाउँदा गलत प्रचार गरियो

काठमाडौं । राष्ट्रिय खेलकुद परिषदले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले क्रिकेटर सन्दीप लामिछानेसँग हात मिलाएको विषयमा गलत प्रचार भएको जनाएको छ ।

परिषदका सदस्य सचिव टंकलाल घिसिङले एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री प्रचण्डले खेल जितेपछि सबै खेलाडीलाई बधाई दिन बोलाएको र त्यही क्रममा लामिछानेसँग हात मिलाएको विषयलाई अतिरञ्जनापूर्ण ढंगले प्रचार गरिनु दुःखपूर्ण भएको उल्लेख गरेका छन् ।

त्यस्ता प्रचारप्रति परिषदको गम्भीर ध्यानाकर्षण भएको घिसिङले जनाएका छन् । ‘सन्दीपलाई मात्र प्रधानमन्त्रीज्यूले भेटघाट गरेको जस्तै अर्थ लाग्नेगरी भएको प्रचारप्रति राष्ट्रिय खेलकुत परिषदको ध्यानाकर्षण भएको छ, अन्यथा अर्थ लाग्नेगरी भएको प्रचारप्रति परिषद दुःख व्यक्त गर्दछ’, विज्ञप्तिमा भनिएको छ ।

फागनु २ देखि ९ गतेसम्म कीर्तिपर मैदानमा भएको आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टुअन्तर्गतको त्रिकोणात्मक श्रृंखलामा नेपाली खेलाडीहरुको उत्कृष्ट प्रदर्शनलाई सम्मान गर्न प्रधानमन्त्री प्रचण्डले बोलाएपछि गएको परिषदले स्पष्ट पारेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले खेलाडीहरुलाई बधाई दिँदै सन्दीपसँग हात मिलाएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर