आठ दलको बैठकमा के भयाे निर्णय ? – Nepal Press

आठ दलको बैठकमा के भयाे निर्णय ?

काठमाडौं । आठ दलको बैठक सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले फागुन १८ गते संघीय सांसदहरुलाई अभिमुखीकरण दिने निर्णय भएको जसपाका नेता राजेन्द्र श्रेष्ठले बताए । उनका अनुसार सातै प्रदेशमा पनि अुभिमुखीकरण दिइने बताए ।

बैठकमा राष्ट्रपति निर्वाचनसम्बन्धी छलफल भएको उनको भनाइ छ । प्रधानमन्त्रीले विश्वासको मत लिने विषयमा अहिले छलफल नभएको र केही दिनपछि छलफल हुने श्रेष्ठले बताए ।

राष्ट्रपतिमा रामचन्द्र पौडेललाई प्रस्तावित गरिएपछि पहिलो बैठक आज बसेको हो ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, आठ दलबाट प्रस्तावित राष्ट्रपति रामचन्द्र पौडेल, कांग्रेस सभापति शेरबहादुर देउवा र उपसभापति पूर्णबहादुर खड्काको उपस्थिति रहेको थियो । माओवादीका शक्ति बस्नेत, देव गुरुङ लगायतका नेताहरु थिए ।

नागरिक उन्मुक्ति पार्टीबाट अध्यक्ष रञ्जिता श्रेष्ठ र नेतृ एलिजा गौतम सहभागी थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर