प्रधानमन्त्री प्रचण्ड र सुदूरपश्चिमका मुख्यमन्त्री शाहबीच भेट – Nepal Press

प्रधानमन्त्री प्रचण्ड र सुदूरपश्चिमका मुख्यमन्त्री शाहबीच भेट

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल शाहले प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन् ।

आइतबार उनीहरूबीच भेटवार्ता भएको मुख्यमन्त्री शाहको सचिवालयले जनाएको छ । समसामयिक राजनीतिक घटनाक्रम, प्रदेश सरकारले लिने विश्वासको मत र यस क्षेत्रको विकास र समृद्धिमा केन्द्रित भएर कुराकानी भएको सचिवालयले जानकारी दिएको छ ।

तत्कालीन मुख्यमन्त्री राजेन्द्रसिंह रावल पदमुक्त भएपछि संविधानको धारा १६८ को उपधारा (३) बमोजिम कांग्रेस संसदीय दलका नेता शाह मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

माघ २६ गते मुख्यमन्त्री नियुक्त भएका शाहले पनि विश्वासको मत लिएका छैनन् । ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था रहेको छ ।

उनले फागुन २० गतेभित्र विश्वासको मत लिने तयारी गरेको कांग्रेस स्रोतको दाबी छ । केन्द्रमा फेरिएको समीकरणले शाह सुरक्षित देखिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर