लुम्बिनी प्रदेशसभाको बैठक १७ गतेका लागि बोलाइयो
नेपाल प्रेस
२०७९ फागुन १४ गते १८:५२
रुपन्देही । माघ २० गते बसेर अनिश्चितकालका लागि स्थगित गरिएको लुम्बिनी प्रदेश सभाको बैठक फागुन १७ गतेका लागि बोलाइएको छ ।
प्रदेशसभाको छ्रैठौं बैठक वुधबार दिउँसो १ बस्ने गरी तय भएको प्रदेश सभा सचिव दुर्लभकुमार पुनले आज जारी गरेको सूचनामा जनाइएको छ ।
लुम्बिनी प्रदेश सभा नियमावली, २०७९ को नियम १२ को उपनियम (३) बमोजिम बैठक आह्वान गरिएको हो ।
यसअघि सदनमा सरकारले विजनेश दिन नसकेको भन्दै आलोचना भएको थियो ।
प्रतिक्रिया