बालुवाटारमा आठ दलीय गठबन्धनको बैठक सुरु – Nepal Press

बालुवाटारमा आठ दलीय गठबन्धनको बैठक सुरु

काठमाडौं । आठ दलीय गठबन्धनको बैठक सुरु भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सुरु बैठकमा समसामयिक राजनीति, प्रधानमन्त्रीले विश्वासको मत लिनेलगायत विभिन्न विषयमा छलफल गरिने बताइएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा एमालेसँगको सहमति तोडेर नेपाली कांग्रेसलाई राष्ट्रपतिमा सघाउने निर्णय गरेसँगै नयाँ गठबन्धन बनेको हो ।

एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिइ हालेको छैन । यद्यपी, सरकारबाट बाहिरिने संकेत गरिसकेको छ । उता राप्रपाले सरकारबाट बाहिरिने घोषणा गर्दै चारजना मन्त्रीहरुले राजीनामा दिइसकेका छन् ।

फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनमा आठ दलका तर्फबाट कांग्रेसका रामचन्द्र पौडेलको मनोनयन दर्ता गराइएको छ भने एमालेले सुवास नेम्बाङलाई अघि सारेको छ ।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर