चर्को ब्याजदरविरुद्ध सुदूरपश्चिमका व्यवसायीहरूको आन्दोलन : ‘नो डिपोजिट’ – Nepal Press

चर्को ब्याजदरविरुद्ध सुदूरपश्चिमका व्यवसायीहरूको आन्दोलन : ‘नो डिपोजिट’

कैलाली । बैंक तथा वित्तीय संस्थाको ब्याजदरविरुद्ध सुदूरपश्चिम प्रदेशका उद्योगी व्यवसायीहरू आन्दोलित भएका छन् । उनीहरुले ब्याजदर नघटाउँदासम्म चरणबद्ध आन्दोलन गर्ने घोषणा गरेका छन् ।

कैलाली उद्योग वाणिज्य सङ्घले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा भोलिबाट प्रदेशका सबै जिल्लामा एकैप्रकारको आन्दोलन गर्ने जनाइएको हो ।

भोलिदेखि बिहान ११ बजेसम्म बजार बन्द गर्ने कार्यक्रम सार्वजनिक गरिएको छ । उक्त समयमा विभिन्न निकायहरूमा विरोध प्रदर्शन गर्ने उद्योग वाणिज्य सङ्घले तयारी गरेको छ । १८ गते व्यवसायीहरूले बैंकमा कारोबार नगर्ने ‘नो डिपोजिट’ मार्फत विरोध जनाउने तयारी छ । त्यस्तै २० गते सङ्घर्ष समिति निर्माण गर्ने र आन्दोलन अघि बढाउने कैलाली उद्योग वाणिज्य सङ्घका अध्यक्ष पुष्पराज कुँवरले जानकारी दिए ।

‘हामी लामो समयदेखि आन्दोलनमा थियौं । सरकारले चासो दिएको छैन’, उनले भने, ‘अझै समस्याको समाधान नभए कडा आन्दोलन गर्न बाध्य हुनेछौं ।’

भोलि बिहान ९ बजेदेखि धनगढी चौराहाबाट आन्दोलन सुरु गर्ने वरिष्ठ उपाध्यक्ष पुष्कर ओझाले जानकारी दिए ।

हिजै नेपाल उद्योग वाणिज्य महासङ्घ सुदूरपश्चिम प्रदेशले जिल्ला तथा नगर उद्योग वाणिज्य सङ्घहरूसँगको समन्वयपछि आन्दोलनका कार्यक्रम तय गरिएको थियो । सोहीअनुसार कैलाली जिल्लामा भोलिबाट सुरु हुने आन्दोलनका कार्यक्रमहरू कैलाली उद्योग वाणिज्य सङ्घले आज जानकारी दिएको हो ।

यस्तो छ आन्दोलनका कार्यक्रमहरू

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *