ग्यालेक्सी एस २३ सिरिजको बिक्री सुरू – Nepal Press

ग्यालेक्सी एस २३ सिरिजको बिक्री सुरू

काठमाडौं । सामसङ्गले आफ्नो उत्पादनकै सबैभन्दा अब्बल मानिएको ग्यालेक्सी एस २३ स्मार्टफोनलाई बजारमा उपलब्ध गराएको छ ।

देशभरका डिलरमा एस २३ सिरिजको लञ्च भइसकेको र बिक्री सुरू गरिसकेको कम्पनीले जनाएको छ । २०० एमपी एडप्टिभ पिक्सेल सेन्सर र प्रतिष्ठित एम्बेडेड एस पेन, अल्टिमेट प्रिमियम फोन अनुभूतिको र एपिक क्यामराजडित रहेको कम्पनीले जनाएको छ । प्रयोगकर्तालाई उनको सिर्जनशीलता अभिव्यक्त गर्नका लागि अझ बढी स्वतन्त्रता प्रदान गर्ने, यसमा भएको ग्यालेक्सीको निम्ति स्न्यापड्रागन ८ जेन २ मोबाइल प्लेटफम द्वारा विश्वकै सबैभन्दा तीव्र गतिको मोबाइल ग्राफिक्स भएको कम्पनीको दाबी छ ।

एस २३ सिरिजले सामसङ्ग मेसेज गार्डमार्फत मोबाइल सुरक्षा र शक्तिशाली स्यान्डबक्सिङ उपकरणले शून्य क्लिक शोषण आक्रमण विरुद्ध पनि पूर्णरूपमा सुरक्षा प्रदान गर्ने बताइएको छ ।

सामसङ्गका निर्देशक प्रणय रत्न स्थापितले भने ‘हामी हाम्रा ग्राहकहरूप्रति यो अविश्वसनीय प्रतिक्रियाको लागि अत्यन्त आभारी छौं, । यो प्रि-अर्डरको परिणामले हामीले नवीनतम प्रविधिको आविष्कार र सस्टेनिबिलिटिमा देखाएको प्रतिबद्धता र हाम्रो ब्राण्डप्रति ग्राहकहरुले देखाउनु भएको बलियो विश्वास झल्किएको छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *