राष्ट्रपति बन्ने संघारमा रहेका रामचन्द्रका ती १७ हार (मतसहित) – Nepal Press

राष्ट्रपति बन्ने संघारमा रहेका रामचन्द्रका ती १७ हार (मतसहित)

काठमाडौं । नेपालमा उखान छ ‘१२ वर्षमा खोलो फर्कन्छ ।’ यसको पेटबोलीको अर्थ १२ वर्षमा समय धेरै परिवर्तन हुन्छ भन्ने हो । रामचन्द्र पौडेलको राजकीय जिन्दगीमा १२ वर्षमा खोलै फर्केको छ ।

२०६७ साउन ५ देखि माघ २० सम्म १७ पटक प्रधानमन्त्री उम्मेदवार भएर असफल भएका रामचन्द्र पौडेल राष्ट्रपति निर्वाचनको पहिलो चरणमै सबैभन्दा बलियो उम्मेदवार बन्न सफल भएका छन् । आठ दलको समर्थनमा फागुन १३ गते उम्मेदवारी दर्ता गरेका पौडेलको पक्षमा भारी मतभार देखिन्छ । २६ हजार ३१५ मतभार हुँदा जितिनेमा ३२ हजार १२३ मतभार भएको आठ दलीय गठबन्धनका साझा उम्मेदवार छन् पौडेल । जुन हेर्दा जीत सुनिश्चित हो ।

संविधानसभा सदस्यहरुबाट चुनिने प्रयासमा प्रधानमन्त्री बन्न १७ पटकसम्म कमजोर उम्मेदवार भएका पौडेल संघ तथा प्रदेश सांसदहरुले चुन्ने राष्ट्रपतिका भने शक्तिशाली उम्मेदवार बनेका छन् ।

मनोनयन दर्ताको १२ दिनमा हुने चुनावमा एमाले उम्मेदवार सुवासचन्द्र नेम्बाङको पक्षमा माहोल बन्ने कुनै नाटकीय जादु नभएमा पौडेल राष्ट्रपति निर्वाचित हुने निश्चित छ । उनै पौडेलको १२ वर्ष अगाडि प्रधानमन्त्री निर्वाचित हुने सपना १७ पटकसम्म असफल भएको थियो । ६०१ सदस्यीय संविधानसभा तथा व्यवस्थापिका-संसदबाट सबैभन्दा थोरै ८२ देखि सबैभन्दा धेरै १२४ मत पौडेलले पाएका थिए । त्यो समयका अखबारमा मात्रै होइन त्यो समयको राजनीतिक इतिहास लेखिएका पुस्तकहरुमा पौडेलको यो हार रोचक रुपमा लेखिएका छन् । पछिल्लो समयमा आएको पुस्तक ‘सत्ता संघर्ष’का लेखक रामकृष्ण भण्डारीले पनि यो पौडेल प्रसंग छुटाएका छैनन् ।

यस्ता थिए पौडेलका प्रधानमन्त्री बन्न गरिएको १७ असफल प्रयासः

पहिलो

२०६७ साउन ५ गते रामचन्द्र पौडेल प्रधानमन्त्री उम्मेदवार हुँदा पक्षमा १२४ मत आएको थियो । ५८३ सांसद उपस्थित भएको सदनमा पौडेल प्रधानमन्त्री बन्न सकेनन् ।

दोस्रो

दोस्रो प्रयास २०६७ साउन ७ गते भएको हो । ५७८ सांसद उपस्थित भएको सदनमा पौडेलले १२३ मत ल्याएका थिए ।

तेस्रो

१२४ मत ल्याएका पौडेलले तेस्रो प्रयास २०६७ साउन १७ मा गरेका थिए । त्यो दिन सदनमा ५५६ सांसद उपस्थित भएका थिए ।

चौथो

२०६७ साउन २१ गतेको चौथो प्रयासमा पौडेलले १२२ मत ल्याएका थिए । त्यो समयमा सदनमा ५६१ सांसद उपस्थित भएका थिए ।

पाँचौं

२०६७ भदौ ७ गते पाँचौं प्रयास गरेका पौडेलले जम्मा १२४ मत ल्याएका थिए । ५६७ सांसद उपस्थित त्यो दिन पनि उनलाई प्रधानमन्त्री बन्न आवश्यक मत पुगेन ।

छैटौं

२०६७ भदौ २० गतेको छैटौं प्रयासमा पौडेलले १२२ मत ल्याएका थिए । उक्त दिन सदनमा ५३६ सांसद उपस्थित भएका थिए ।

सातौं

२०६७ भदौ २२ गतेको सातौं प्रयासमा सदनमा ५१५ सांसद उपस्थित थिए । जसमा पौडेलको पक्षमा ११९ मत आएको थियो ।

आठौं

२०६७ असोज १० गतेको आठौं प्रयासमा ११६ मत आएको थियो । सदनमा त्यो दिन १८९ सांसद उपस्थित भएका थिए ।

नवौं

२०६७ असोज १४ गतेको नवौं प्रयासमा पौडेलको मत १०५ आएको थियो । १६८ सांसद उपस्थित भएको सदनमा पौडेलले त्यति मत ल्याएका थिए ।

दसौं

२०६७ असोज २० गते पौडेलको दसौं प्रयास हुँदा १०९ मत आएको थियो । त्यो दिन सदनमा १५६ उपस्थित थिए ।

एघारौं

२०६७ असोज २१ गते पौडेलले १०४ मत ल्याए । त्यस दिन पनि प्रधानमन्त्री बन्न सकेनन् । त्यो दिन सदनमा १४५ सांसद उपस्थित थिए ।

बाह्रौं

२०६७ असोज २४ गतेको बाह्रौं प्रयासमा पौडेलको मत ८९ आएको थियो । सदनमा ११९ सांसद हाजिर थिए ।

तेह्रौं

२०६७ कात्तिक ९ गतेको तेह्रौं प्रयासमा पौडेलले ९८ मत पाएका थिए । १४४ सांसद त्यो दिन उपस्थित थिए । जुन दिन पनि उनी प्रधानमन्त्री निर्वाचित हुन सकेनन् ।

चौधौं

२०६७ कात्तिक १२ गतेको चौधौं प्रयासमा पौडेलले ९६ मत पाएका थिए । त्यो प्रक्रियामा सदनमा १८६ सांसदहरु सहभागी भएका थिए ।

पन्ध्रौं

२०६७ कात्तिक १५ गतेको पन्ध्रौं प्रयासमा ९६ मत ल्याएका थिए पौडेलले । त्यो समयमा सदनमा १२९ सांसद उपस्थित भएका थिए ।

सोह्रौं

२०६७ कात्तिक १८ गतेको प्रयासमा पौडेलले जम्मा ८२ मत पाएका थिए । त्यो समयमा सदनमा १०१ सांसद उपस्थित भएका थिए ।

सत्रौं

२०६७ माघ २० गतेको सत्रौं प्रयासमा पौडेलले १२२ मत ल्याएका थिए । त्यो प्रक्रियामा सदनमा ५५७ सांसद उपस्थित भएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर