राष्ट्रिय युवासंघ रुपन्देहीमा बस्नेतको नेतृत्व
नेपाल प्रेस
२०७९ फागुन १४ गते ८:१६
रुपन्देही । नेकपा एमाले निकट राष्ट्रिय युवासंघ रूपन्देहीको १३ औँ अधिवेशनबाट अध्यक्षमा विकासजंग बस्नेत निर्वाचित भएका छन् ।
जिल्ला कमिटीको १३औ अधिवेशनबाट बस्नेत निर्वाचित भएका हुन् । अधिवेशनले बस्नेतको नेतृत्वमा ८३ सदस्य कमिटी सर्वसम्मत निर्वाचित गरेको हो ।
त्यस्तै उपाध्यक्षमा दीपक खड्की, सचिवमा दीपेश कंडेल, उपसचिवमा नवराज मल्ल, मधु श्रेष्ठ र कोषाध्यक्षमा नारायण थापा निर्वाचित भएका छन् ।
प्रतिक्रिया