मड्रिड डर्बी : बराबरीसँगै उपाधि यात्रामा बार्सिलोनासँग पछि पर्‍यो रियल – Nepal Press

मड्रिड डर्बी : बराबरीसँगै उपाधि यात्रामा बार्सिलोनासँग पछि पर्‍यो रियल

काठमाडौं । स्पेनिस ला लिगा अन्तर्गत मड्रिड डर्बीमा एट्लेटिको र रियलले १–१ गोलको बराबरी खेलेका छन् । सान्तियागो बेर्नाब्यूमा सम्पन्न खेलमा एट्लेटिकोसँगको बराबरीसँगै रियल उपाधि यात्रामा बार्सिलोना भन्दा पछि परेको हो ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ६४औँ मिनेटमा एट्लेटिकोका एन्जल कोरेराले रातोकार्ड पाएपछि १० खेलाडीमा सीमित भएको थियो । त्यसपछि खेलमा आक्रामक शैली अपनाएको एट्लेटिकोका जोस मारिया जिमिनेजले ७९औँ मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।

त्यसको पाँच मिनेट नबित्दै रियलका सब्सिट्युट खेलाडी अल्भारो रोड्रिगेजले बराबरी गोल फर्काएका थिए । अल्भारोको गोलसँगै रियल हारबाट जोगिएको हो ।

बराबरीसँगै रियल उपाधि यात्रामा बार्सिलोनासँग ७ अंकले पछि परेको हो । रियलले २३ खेलमा ५२ अंक जोडेको छ । शीर्ष स्थानको बार्सिलोनाको ५९अंक छ ।

एट्लेटिको ४२अंकसहित चौथो स्थानमा छ । तेस्रो स्थानको रियल सोसिडाडको ४३ अंक छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर