बागमती प्रदेश सरकारबाट बाहिरिएको राप्रपाको घोषणा – Nepal Press

बागमती प्रदेश सरकारबाट बाहिरिएको राप्रपाको घोषणा

हेटौडा । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले बागमती प्रदेश सरकारबाट बाहिरिएको घोषणा गरेको छ ।

शनिवार बसेको प्रदेशसभा बैठकको विशेष समयमा बोल्दै राप्रपा संसदीय दलका नेता उद्धव थापाले राजीनामा दिने घोषणा गरेका हुन् । उनले आजै राजीनामा पत्र मुख्यमन्त्री शालिकराम जम्मकट्टेल समक्ष बुझाउने बताएका छन् ।

राप्रपा बागमती संसदीय दलका नेता समेत रहेका उद्धव थापा खानेपानी ऊर्जा तथा सिँचाइ मन्त्री उद्धव थापा, पर्यटन उद्योग तथा सहकारी मन्त्री डम्बर तामाङ र वन तथा वातावरण मन्त्री राजु विष्टले मुख्यमन्त्री समक्ष राजीनामा बुझाउने भएका हुन ।

बागमती प्रदेशको ११० प्रदेश सभा सदस्यमध्ये राप्रपाको १३ सिट रहेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर