एमालेलाई कांग्रेसको सन्देश- २५ गतेसम्म पानी धमिलो बनाउने प्रयास सफल हुँदैन (भिडिओ) – Nepal Press

एमालेलाई कांग्रेसको सन्देश- २५ गतेसम्म पानी धमिलो बनाउने प्रयास सफल हुँदैन (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले अहिले नयाँ सत्ता समीकरणको विषयमा छलफल नभएको बताएका छन्।
चुनावअघिकै पुरानो गठबन्धन ब्युँतिएर राष्ट्रपतिमा आठ दलीय गठबन्धनको तर्फबाट राष्ट्रपतिमा रामचन्द्र पौडेलको उम्मेदवारी दर्तापछि उनले यस्तो बताएका हुन्।

उनले भने, ‘नयाँ सत्ता समीकरणको बारेमा छलफल भएको छैन। उहाँहरूले के गर्नुहुन्छ त्यो उहाँहरूको कुरा हो। एउटा लक्ष्यका साथ अगाडि बढ्नुपर्छ। भोलिका दिनमा नयाँ सत्ता समीकरण पनि बन्न सक्छ। त्यस विषयमा कुनै गम्भीर छलफल भएको छैन।’

उनले एमालेप्रति संकेत गर्दै २५ गतेसम्म पानी धमिलो बनाउने प्रयास गरेपनि सफल नहुने बताए।

उनले भने, ‘उहाँ (एमाले)हरुले अझै २५ गतेसम्म पानीलाई धमिलो बनाउन सकिन्छ कि भन्ने आशय होला। तर, त्यो कुनै सम्भावना छैन।’
त्यसो त एमालेले आठ दलीय गठबन्धन नै नबनेको दाबी गर्दै आइरहेको छ।

बिहान बसेको सचिवालय बैठकपछि एमाले प्रवक्ता पृथ्वीसुब्बा गुरुङले भने, ‘फागुन २५ गतेसम्म कांग्रेसबाहेक अरू दललाई सहमतिमा ल्याउन पहल गर्छौँ। हिजोको निर्णयले पहिलाको सहमतिमा थोरै तलमाथि भएको मात्रै हो। फागुन २५ गतेसम्म धेरै कुरा पाक्छ होला नि। हामी त्यसमा अब लाग्छौँ।’

त्यसैलाई संकेत गर्दै कांग्रेस प्रवक्ता महतले एमालेको प्रयास सफल नहुने जिकिर गरे।

प्रतिक्रिया

One thought on “एमालेलाई कांग्रेसको सन्देश- २५ गतेसम्म पानी धमिलो बनाउने प्रयास सफल हुँदैन (भिडिओ)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर