रामचन्द्र पौडेलले भने- ओलीजी पुरानो साथी हो, सर्वसम्मत बन्न सहयोग गर्ने आशा छ (भिडिओ) – Nepal Press

रामचन्द्र पौडेलले भने- ओलीजी पुरानो साथी हो, सर्वसम्मत बन्न सहयोग गर्ने आशा छ (भिडिओ)

काठमाडौं । राष्ट्रपतिमा आठ दलीय गठबन्धनको तर्फबाट उम्मेदवारी दर्ता गरेपछि नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नो सर्वसम्मत बन्ने इच्छा रहेको बताएका छन्।

उम्मेदवारी दर्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, ‘मैले सर्वसम्मत बन्ने इच्छा गरेको हो। निर्वाचनको दिनसम्म हुन्छ कि कोसिस रहन्छ। मैले अपेक्षा गरेको छु। एमाले अध्यक्ष ओलीजी पनि मसँग जेलमा बस्नुभएको हो। पुरानो साथी हो। उहाँले पनि सबैको साझा पदमा सहमति जुटाउन योगदान गर्नुहोला भन्ने विश्वास लिएको छु।’

उनले संविधान, संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र संस्थागत गर्न अहिलेको चुनौती भएकाले आफ्नो भूमिका त्यसमा केन्द्रित हुने बताएका छन्।

उनले भने, ‘जनताको हातमा आएको सार्वभौम सत्तालाई बलियो गरेर सुरक्षित गर्नुपर्छ। राष्ट्रियतालाई सबल बनाउने काम सहयोग हुन्छ।’

उनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँगको भेट सकारात्मक भएको बताए। उम्मेदवारी दर्ताअघि पौडेल आफूलाई सहयोग गर्न आग्रह गर्दै लामिछाने निवास पुगेका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर