यू-१९ विश्वकप छनोट : कुवेतविरुद्ध अर्जुन र देवको शतक – Nepal Press

यू-१९ विश्वकप छनोट : कुवेतविरुद्ध अर्जुन र देवको शतक

काठमाडौं । आईसीसी यू–१९ विश्वकप एसिया रिजन छनोटमा नेपाका ओपनर अर्जुन कुमाल र कप्तान देव खनालले कुवेतविरुद्ध शतक प्रहार गरेका छन् ।

यूएईमा जारी छनोटमामा अर्जुन कुमालले आउट हुनु अघि ३६.२ ओभरमा शतक पुरा गरेका थिए । उनी १ सय ८ रन जोडेर क्याच आउट भएका थिए । अर्जुनले १ सय १२ बल खेल्दै १२ चौका प्रहार गरेका थिए ।

पहिलो खेलमा सिंगापुरविरुद्ध नेपालको जितमा उत्कृष्ट प्रदर्शन गरेका आकाश त्रिपाठी आउट भएपछि चौथो नम्बरमा क्रिजमा आएका कप्तान देवले १ सय ५ बलमा ८ चौका र १ छक्काको मद्दतमा शतक प्रहार गरे ।

देवको शतकसँगै नेपाल कुवेतविरुद्ध विशाल योगफल बनाउने लक्ष्यमा छ । नेपाल ४५ ओभरको समाप्तिमा २९७/५ को स्थितिमा छ । क्रिजमा देव र दीपक प्रसाद डुम्रे छन् ।

पहिलो खेलमा नेपालले सिंगापुरलाई ९६ रनले पराजित गर्दै सुखद सुरुआत गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर