चितवन २ को उपचुनावका लागि कांग्रेसबाट उम्मेदवार छान्ने जिम्मा देउवालाई – Nepal Press

चितवन २ को उपचुनावका लागि कांग्रेसबाट उम्मेदवार छान्ने जिम्मा देउवालाई

काठमाडौं । नेपाली कांग्रेसले चितवन क्षेत्र नम्बर २ मा तय गरिएको उपनिर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवार छान्ने जिम्मा सभापति शेरबहादुर देउवालाई दिएको छ ।

सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले उम्मेदवारबारे निर्णय गर्ने अधिकार देउवालाई दिएको हो ।

बैठकपछि प्रवक्ता प्रकाशशरण महतले वैशाख १० मा हुने उपनिर्वाचनमा पार्टीका तर्फबाट अघि सारिने उम्मेदवारबारे निर्णय गर्ने अधिकार सभापति शेरबहादुर देउवालाई दिएको जानकारी दिए । उनका अनुसार उपचुनाव प्रयोजनका लागि पार्टी दर्ता प्रक्रिया पनि थालिनेछ ।

चितवन- २ मा आगामी वैशाख १० मा उपनिर्वाचन मिति तोकिसकिएको छ ।

यसअघि निर्वाचित भएका रवि लामिछाने नागरिकता विवादमा दोषी ठहर भएसँगै यस क्षेत्रमा सांसद पद रिक्त भएको थियो ।

मंसिरमा भएको निर्वाचनमा लामिछानेले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठलाई ३४ हजार १६२ मतान्तरले पराजित गरेका थिए । लामिछानेले ४९ हजार २६१ मत ल्याउँदा श्रेष्ठले १५ हजार ९९ मत ल्याएका थिए । एमालेका कृष्णभक्त श्रेष्ठ १४ हजार ६४९ मत मात्रै ल्याएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर