राष्ट्रपतिमा प्रस्तावित रामचन्द्रले भनेः सबैको अपार सहानुभूति पाएँ, संविधानको रक्षा गर्छु (भिडिओ) – Nepal Press

राष्ट्रपतिमा प्रस्तावित रामचन्द्रले भनेः सबैको अपार सहानुभूति पाएँ, संविधानको रक्षा गर्छु (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसबाट भावी राष्ट्रपतिमा प्रस्तावित रामचन्द्र पौडेलले आफूमाथि संविधानको रक्षा र जनताको अधिकार संरक्षण गर्ने चुनौति आउन लागेको बताएका छन् । कांग्रेसले आजको बैठकबाट राष्ट्रपतिमा उठाउने निर्णय गरेपछि उनले पत्रकारलाई संक्षिप्त सम्वोधन गरेका थिए ।

पौडेलले नेपालको संविधानको भावना र मर्म अंगाल्दै लोकतान्त्रिक गणतन्त्र र समावेशी लोकतन्त्रलाई संस्थागत गर्न संविधानको रक्षकको हैसियतले आफू लागिपर्ने बताए ।

‘मैले प्रथम चरणमा एउटा प्रेरणा पाएको छु कांग्रेसबाट । अहिलेको परिस्थितिमा नेपालको संविधानले नेपाली जनतामा अभूतपुर्व अधिकार दिएको छ । त्यसको रक्षा गर्ने रक्षा गर्ने चुनौति मलाई आउन लागेको छ,’ उनले भने ।

नेपाली कांग्रेसले मात्र नभएर सबै पार्टीले आफूमाथि सद्भाव र सहानुभूति राखेको पौडेलले बताए । ‘नेपालको राजनीतिक जगतले ममाथि अपार सहानुभूति र सद्भाव राखेको छ । सबै पार्टीका सबै साथीहरुको अपार स्नेह र माया पाएको छु,’ उनले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर