आठै दललाई सरकारमा आउन प्रचण्डको प्रस्ताव, एमालेले छोड्न लागेको संकेत – Nepal Press

आठै दललाई सरकारमा आउन प्रचण्डको प्रस्ताव, एमालेले छोड्न लागेको संकेत

काठमाडौं । प्रधानमन्त्री प्रचण्डले आज बालुवाटर बैठकमा सहभागी आठ दललाई सरकारमा सहभागी हुन प्रस्ताव गरेका छन् । उनले सत्ता सहयात्री दल नेकपा एमालेले सरकार छोड्न लागेको संकेत गरे ।

बैठकमा सहभागी लोसपाका नेता राजेन्द्र महतोका अनुसार प्रचण्डले बैठकमा ओलीसँग आज भएको लामो भेटवार्ताको व्रिफिङ गरेका थिए । उक्त भेटवार्तामा ओलीले पुस १० को सहमति अनुसार राष्ट्रपति एमालेकै हुनुपर्ने अडान लिएको प्रचण्डले बताए ।

‘एमालेलाई राष्ट्रपति नदिए पुस १० को सहमति भंग हुन्छ, हामी आफ्नो ढंगले अघि बढ्नेछौं,’ ओलीको भनाइ उधृत गर्दै प्रचण्डले वैठकमा भनेका थिए ।

महतोले सञ्चारकमीृसँग भने, ‘प्रचण्डको व्रिफिङ सुन्दा एमाले सरकारबाट बाहिरिने छाँटकाँट देखियो ।’

प्रचण्डले नयाँ राजनीतिक यात्रा सुरु भएको आठ दल मिलेर अघि बढ्नुपर्नेमा जोड दिएका थिए । सरकारमा आउन प्रचण्डले प्रस्ताव राखेपछि आठ दल खुशी भएका छन् ।

 

प्रतिक्रिया

2 thoughts on “आठै दललाई सरकारमा आउन प्रचण्डको प्रस्ताव, एमालेले छोड्न लागेको संकेत

  1. एमाले प्रचण्डजस्तो होईन । वेश्यावृत्तिमा लागेकाको पनि अलिकति इमानजमान भन्ने हुन्छ । तिनको जति पनि इज्जत नभएकासँग सहयात्रा गर्नुभन्दा तोडेकै राम्रो । हेरौं न यसलाई काँग्रेसले धोवी चुटाई गरेको । ५१ सालपछि राप्रपा यसैगरी कहिले काँग्रेस कहिले एमालेसँग गर्दागर्दै पार्टी नै सकियो । अब पालो माओवादीको हो । यी हत्याराहरूअब सकिनुपर्छ । अन्यथा देशले दुख पाईरहन्छ । अर्को एउटा छ कम्युनिष्टको नाममा कलंक । सुँगुरलाई स्वर्ग जाने हो भन्दा ……. खान पाईन्छ भनेर सोध्दथ्यो भन्थे । उसलाई पनि राष्ट्रपति खाने हो भन्दा काँग्रेसको पछि लाग्यो । काँग्रेसको पुच्छर हुन बानी परेको यस्तो सुँगुरको वुद्विभएको अझ आफूलाई कम्युनिष्ट भन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर