विश्वप्रकाश शर्माको टिप्पणी- ‘पिंजडा’ अन्ततः भत्किने भयो – Nepal Press

विश्वप्रकाश शर्माको टिप्पणी- ‘पिंजडा’ अन्ततः भत्किने भयो

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विद्यमान वर्तमान गठबन्धनलाई पिंजडाको संज्ञा दिँदै भत्किएको बताएका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमा उनले आज आठ दलले नेपाली कांग्रेसलाई राष्ट्रपति दिने सहमति गरेलगत्तै यस्तो बताएका हुन् ।

शर्माले लेखेका छन्, ‘पिंजडा, अन्ततः भत्किने भयो ।’

यसअघि अर्का महामन्त्री गगन थापाले अहिलेका सत्तारुढ गठबन्धन भत्काउने सार्वजनिक चुनौती दिएका थिए । उनले फागुन १० गतेभित्र भत्काउने बताएका थिए । त्यस्तै, कांग्रेसका प्रवक्ता प्रकाश शरण महतदेखि शेखर कोइरालासम्मले जसरी पनि सत्ता समीकरण भत्काउनुपर्ने बताएका थिए ।

फागुन १२ आज बालुवाटारमा बसेको नेकपा एमालेबाहेक ८ दलको बैठकले कांग्रेसलाई राष्ट्रपति दिने सहमति गरेसँगै करिब विद्यमान गठबन्धन भत्किएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अब नयाँ राजनीतिक समीकरण सुरु भएको बताइसकेका छन् ।

 

प्रतिक्रिया

2 thoughts on “विश्वप्रकाश शर्माको टिप्पणी- ‘पिंजडा’ अन्ततः भत्किने भयो

  1. बिदेशी का एजेन्ट हो समय अवश्य आउँछ तिमि जस्ता देशद्रोही हरु लाइ नास गर्ने मतियार हरु हो होसियार।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर