आठदल बैठकमा प्रचण्डले भने- नयाँ राजनीतिक यात्रा सुरु भयो, सत्तासमीकरणमा पनि एकतावद्ध भएर जाउँ (भिडिओ) – Nepal Press

आठदल बैठकमा प्रचण्डले भने- नयाँ राजनीतिक यात्रा सुरु भयो, सत्तासमीकरणमा पनि एकतावद्ध भएर जाउँ (भिडिओ)

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिलेको सत्ता गठबन्धन भत्किएको संकेत गरेका छन् । आज बालुवाटारमा बसेको आठ दलको बैठकमा उनले नयाँ राजनीतिक यात्रा सुरु भएको बताए ।

बैठकपछि बोल्दै नेकपा एकीकृत समाजवादीका नेता प्रकाश ज्वालाले प्रधानमन्त्रीकै प्रस्तावमा राष्ट्रपति कांग्रेसलाई दिने निर्णय भएको बताए ।

प्रधानमन्त्री प्रचण्डको भनाइ उद्वृत गर्दै उनले भने, ‘नयाँ राजनीतिक यात्रा सुरु भएको छ, यसलाई अगाडि बढाऔं । राष्ट्रिय स्वाधिनता तथा जनतालाई सेवा-सुविधा दिने कुरामा एकतावद्ध भएर जाउँ । सत्ता समिकरणमा पनि एकतावद्ध भएर जाउँ ।’

 

प्रतिक्रिया

2 thoughts on “आठदल बैठकमा प्रचण्डले भने- नयाँ राजनीतिक यात्रा सुरु भयो, सत्तासमीकरणमा पनि एकतावद्ध भएर जाउँ (भिडिओ)

  1. मन्त्री खान पार्टी फुटाउने वुद्वि भएका यस्ता अनैतिकले बैठकमा हुँदै नभएको कुरा मिडियामा भन्दैछ । यस्तो झुठको खेती गर्न लाज छैन ?

  2. भारतले जे अादेश दियाे त्याे त मान्नैपर्याे नि प्रभुभक्त प्रचण्डज्यू ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर